लुम्बिनीमा तीन दल र एक स्वतन्त्रसहित ६ मन्त्रीले लिए शपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुम्बिनीमा तीन दल र एक स्वतन्त्रसहित ६ मन्त्रीले लिए शपथ

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, बिहीबार

    बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलबहादुर  केसीको शपथसँगै नवनियुक्त ६ जना मन्त्रीहरुलाई पनि प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

    डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकासमन्त्रीको शपथ लिएमा छन् भने कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन्। त्यस्तै,  सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन् भने अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले भने विनाविभागीय मन्त्रालय पाएका छन्।

    कांग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बनेका हुन्। त्यस्तै, जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बनेका छन्। स्वतन्त्र सांसद अजय शाही पनि मन्त्रीको शपथ लिएका छन्।