दमौली : व्यास नगरपालिकामा बिहीबार २ हजार १ सय २४ जनाले एस्ट्राजेनिका खोप लगाएका छन् । गत फागुन अन्तिम साता कोभिसिल्डको पहिलो मात्रा लगाएकाले दोस्रो मात्राको रुपमा एस्ट्राजेनिका खोप लगाएका हुन् ।
व्यास नगरपालिकाका १४ वटे वडामा २५ खोपकेन्द्र तोकिएको छ । त्यसक्रममा १ हजार ८६ महिला र १ हजार ३८ पुरुषलो दोस्रो मात्राको खोप लगाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । खोप अभियान शुक्रबारपनि सञ्चालन हुनेछ ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।