एमाले नेता पृथ्वीसुब्बा गुरुङप्रति भ्रम फैलाइएको भन्दै आपत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एमाले नेता पृथ्वीसुब्बा गुरुङप्रति भ्रम फैलाइएको भन्दै आपत्ति

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, शुक्रबार

    पोखरा : नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङप्रति भ्रम फैलाउने काम भएको भन्दै सचिवालयले आपत्ति जनाएको छ ।

    गुरुङले बताएको भन्दै केही अनलाइनमा आएको समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै गुरुङको सचिवालयले समाचार भनेर आएको सामग्री आफैंमा समाचार नभएर कल्पनामा आधारित कथा भएको उल्लेख गरेको छ ।

    गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, “उक्त अनलाइनमा भनिएको कुनै पनि कुरा तथ्यमा आधारित छैन र सत्यमा आधारित छैन । ‘समाचार’मा भनिएजस्तो कुनै पनि कुरा नेता गुरुङले बोल्नु भएको छैन, भन्नुभएको छैन ।”

    पार्टी अध्यक्ष केपी शर्मा ओली सबल र सक्षम नेतृत्व भएको दृढ विश्वास गर्ने नेता गुरुङले उनको विषयमा कथित समाचारमा उल्लेख गरिएजस्तो नकारात्मक टिप्पणी नगरेको सचिवालयले प्रष्ट पारेको छ । “ नेता गुरुङ सबल र सुदृढ एमालेका लागि कटिबद्ध भएर लागिरहनुभएको छ, पार्टीमा पछिल्लो समय उत्पन्न विवाद र विभाजन रोक्न सक्रिय हुनुहुन्छ । त्यही देखेर एमालेमा थप विभाजन ल्याउन र विवाद समाधान नहोस् भन्ने उद्देश्य राखेर उहाँ स्वयं र पार्टी नेतृत्वलाई बदनाम गर्ने मनसायसहित समाचार आएको देखिन्छ,” विज्ञप्तीमा उल्लेख छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।