दमौली :लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेड एलआईसी दमौली शाखाले जीवन बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष स्व. होम बहादुर राना मगरको परिवारलाई एक कार्यक्रमको आयोजना गरी कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक रानाले चार वर्ष अगाडी दश लाखको जीवन बीमा गरेका थिए ।
कम्पनीले हाल बोनस सहित ११ लाख ४१ हजार एक सय २० भुक्तानी गरेको जनाएको छ । उक्त रकम दमौली शाखाका शाखा प्रबन्धक सुदीप ज्ञवाली, सिनियर एजेन्सी म्यानेजर ईश्वर बहादुर थापाले संयुक्त रुपमा स्व. रानाकी धर्मपत्नी मन्जु रानालाई हस्तान्तरण गरेका हुन्। होमबहादुर रानाको विसं २०७७ माघ २० गते बिरामी भएर उपचारका क्रममा मृत्यु भएको थियो ।