पत्रकार महासङ्घकाे काेराेना राहत काेषमा तीन लाख सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पत्रकार महासङ्घकाे काेराेना राहत काेषमा तीन लाख सहयाेग

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, शुक्रबार

    काठमाडाै : नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा. लि.का तर्फबाट तीन लाख सहयाेग प्राप्त भएकाे छ ।

    अष्ट्राटेक प्रा. लि.का फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी(एनएसडब्लु) विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम शुक्रबार एक कार्यक्रमका बीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई अष्ट्राटेक प्रा. लि. का नेपालस्थित कार्यालयका प्रतिनिधि सैलेश शाँखीले हस्तान्तरण गरेका हुन्।

    सो अवसरमा कार्यवहाक अध्यक्ष विष्टले कोराना संक्रमति पत्रकारका लागि सहयोग पुर्याउन महासंघले सञ्चालन गरेको अभियानमा सहयोग गरेकामा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) विनोद कुँवरसहित नेपाल प्रतिनिधि साँखीलाई धन्यवाद ज्ञापन गरे ।

    सहयोगले नेपाली पत्रकारप्रतिको विश्वास र स्नेह प्रकट भएको बताउँदै उनले समस्यामा परेका पत्रकारहरू राहत पुग्ने बताए ।