तनहुँ : कोरोना सङ्क्रमणबाट व्यासका दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास-४ का एक पुरुष र एक महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
व्यास-४ का ८८ वर्षीय पुरुषको होम आइसोलेशनमा र व्यास-४ कै ४० वर्षीया महिलाको दमौली अस्पतालमा मृत्यु भएको हो । दुवैजनाको शुक्रबार मृत्यु भएको हो ।
८८ वर्षीय पुरुषमा साउन २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ४० वर्षीया महिलामा साउन २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
१७ सङ्क्रमित थपिए
यसैगरी तनहुँमा शुक्रबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमध्ये ९ महिला र ८ पुरुष हुन् । पछिल्लो २४ घण्टामा तनहुँका ६४ जनाको परीक्षण गरिएको थियो ।