इश्वर विष्टले सम्हाले क्षेत्री समाज तनहुँको अध्यक्ष पद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    इश्वर विष्टले सम्हाले क्षेत्री समाज तनहुँको अध्यक्ष पद

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, शुक्रबार

    तनहुँ : क्षेत्री समाज नेपाल तनहुँका नवनिर्वाचित अध्यक्ष इश्वरबहादुर विष्टले शुक्रबार पदभार ग्रहण गरेका छन् । समाजका निवर्तमान केन्द्रीय अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाको उपस्थितिमा विष्टले अध्यक्ष पदको पदभार ग्रहण गरेका हुन् ।

    समाजका पहिलो कार्यकालका अध्यक्ष रामबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य क्या. भरतबहादुर अधिकारी, संस्थापक अध्यक्ष समुन्द्र गोदार लगायतले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    यसअघिको कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका विष्टको कार्यकाल दुई वर्षको हुनेछ । पदाधिकारी र सदस्य भने यथावत रहेको विष्टले जानकारी दिए ।

    समाजको वरिष्ठ उपाध्यक्षमा शम्भुबहादुर अधिकारी, उपाध्यक्षमा वीरेन्द्रबहादुर अधिकारी, आशा कार्की, शारदा अधिकारी, महासचिवमा मणिजंग बस्नेत, सचिवमा कुलबहादुर थापा, कोषाध्यक्षमा क्या. जगतबहादुर बानियाँ, सहसचिवमा वीरबहादुर बस्नेत र सहकोषाध्यक्षमा शारदा बसौला छन् ।