दमौली : व्यास नगरपालिका-५ कन्टारमा भएको बस दुर्घटनामा परी घाइते अप्सरा भण्डारी पौडेलको उपचारका क्रममा मृत्यु भएको छ । पोखराबाट दमौलीतर्फ आउँदै गरेको बस दुर्घटनामा साउन २५ घाइते भई थप उपचारका लागि काठमाडौ लगिएकी उनको शनिबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत उनी ड्युटी सकेर घर फर्किदैथिइन् । दुर्घटनामा घाइते उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल पोखरा लगिएकामा सुधार नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको थियो ।
स्व. भण्डारीको शव ल्याउँदै गरेको र दमौलीमा दाहसंस्कार गरिने उनका आफन्त एवं सञ्चारकर्मी मदन तिमिल्सनाले जानकारी दिए ।
मृतक भण्डारीका श्रीमान् सूर्यभक्त पौडेल नेपाल पत्रकार महासंघ तनहुँका साधारण सदस्य हुन् भने देवर उज्वल पौडेल महासंघका जिल्ला अध्यक्ष हुन् ।