गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दशको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दशको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०७८, शनिबार

    पाेखरा : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप दश जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार नवलपुर, गोरखा, बागलुङ, स्याङ्जा, कास्की र म्याग्दीका दश जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    नवलपुरका एक, गोरखाका एक, बागलुङका एक, स्याङ्जाका एक, कास्कीका पाँच र म्याग्दीका एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ८० पुगेको छ ।

    May be an image of text