दमाैली : नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएल नेपालको व्यास नगर कमिटीको अध्यक्षमा निर्दोष भट्टराई चयन भएका छन् ।
शनिबार दमाैलीमा सम्पन्न दोस्रो सम्मेलनबाट भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ । भेलाले कमिटीको सचिवमा आशिष बसौलालाई चयन गरेको छ ।
भेलाको नेकपा माओवादी केन्द्र तनहुँका संयोजक राजेन्द्रकेशरी न्यौपानेले उद्घाटन गरेका थिए ।