माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ मा गर्ने प्रचण्डको प्रस्ताव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ मा गर्ने प्रचण्डको प्रस्ताव

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०७८, शनिबार

    काठमाडौ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्नुपर्ने प्रस्ताव ल्याएका छन्।

    शनिबार सुरू भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलन प्रस्ताव गरेका हुन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकका एजेन्डाबारे जानकारी दिँदै सम्मेलन पुसमा गर्ने प्रस्ताव अध्यक्षले ल्याएको बताए।

    उनका अनुसार बैठकले पहिले कार्यसूची पारित गरेको छ।

    सुरूमा राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्ने, राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि छलफल गर्न समूह विभाजित गर्ने लगायतका काम भएका छन्।

    राजनीतिक प्रतिवेदन र विधान संशोधन छलफल गर्न केन्द्रीय सदस्यहरूमाझ आठ वटा समूह बनाइएको छ।

    त्यो समूहले आइतबार ११ बजे बस्ने बैठकमा छलफलको निष्कर्ष पेश गर्ने छ।

    ‘सांगठतिक एजेन्डामा पार्टी र विभागहरूको कार्यविभाजन हुने छ,’ उनले भने, ‘अन्य प्रस्तावित एजेन्डाबारे पनि छलफल हुने छ।’

    कार्यसूची पेश गर्नुअघि दाहालले देशको हालको परिस्थितिमा पार्टीको भूमिकाका बारे जानकारी र अभिमुखीकरण दिएका थिए।