तनहुँमा थपिएको निषेधाज्ञा भोलि सकिँदै, थप निर्णय गर्न आज बैठक बस्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिएको निषेधाज्ञा भोलि सकिँदै, थप निर्णय गर्न आज बैठक बस्दै

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७८, आईतवार

    तनहुँ : कोरोना कहर न्यूनीकरणका लागि पछिल्लो पटक थप गरिएको निषेधाज्ञा तनहुँमा भोलि साउन ३२ गते राति १२ बजे सकिदैछ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञा आदेश जारी गरेपनि उक्त निषेधाज्ञा पालना भएको भने देखिदैन ।

    कुनै सभा, सम्मेलन, भेला, जुलुस नगर्न प्रशासनको आदेशमा भनिएको भएपनि समाजमा नाम चलेकै सङ्घसंस्थाले उक्त आदेशको खिल्ली उडाइरहेका छन् । त्यस्ता कार्यक्रममा जनप्रतिनिधि नै सहभागी हुँदै आइरहेका छन् । तनहुँका जनप्रतिनिधिले यसअघि सार्वजनिक कार्यक्रममा सहभागी नहुने प्रतिबद्धता जनाएका थिए । तर उक्त प्रतिबद्धता जनप्रतिनिधिबाटै कार्यान्वयन भएको छैन ।

    खुकुलो निषेधाज्ञाले तनहुँमा झन् कोरोना सङ्क्रमण दिनानुदिन वृद्धि भइरहेको छ । अझै खुकुलो निषेधाज्ञा जारी गर्ने तर कार्यान्वयन नहुने हो भने स्थिति थप भयावह हुने भन्दै सर्वसाधारण चिन्तित छन् ।

    निषेधाज्ञा सकिनु पूर्वसन्ध्यामा प्रशासनले आज ४ बजे बजे कोभिड व्यवस्थापन समितिका सबै सदस्य, दश वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहितको बैठक आह्वान गरेको छ । उक्त समितिले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लम्ब्याउन सिफारिस गर्नेछ । सरकारले सबै जिल्लामा निषेधाज्ञा कडाई गर्न निर्देशन दिइसकेकाले तनहुँमा पनि अहिलेको भन्दा केही कडाई हुने अनुमान गरिएको छ ।