काठमाडौं : कारोबारको पहिलो दिन (आइतबार) जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य २४२.५० अंकले बढेर २ हजार ६६८ रुपैंया पुगेको छ ।
मार्केट डेपमा कम्पनीको २ लाख ७३ हजार १६१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।