तनहुँका पॉच जनालाई कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका पॉच जनालाई कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७८, आईतवार

    दुलेगौडा : आइतबार तनहुँमा कोरोना संक्रमणदर घटेको छ । शनिबारको तुलनामा आइतबार कोरोना संक्रमणदर ह्वात्तै घटेको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तीले पुष्टि गर्छ ।

    निर्देशनालयका अनुसार आइतबार जिल्लाका ५ जनालाई मात्र कोरोना संक्रमण पुष्टि भएको हो । ५४ जनाको पिसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

    योसँगै तनहुँमा ६ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ४ सय ५ जनाले कोरोना संक्रमणलाई जित्न सफल भएका छन् । हाल ४ सय ८१ जना सक्रिय संक्रमित छन् । शनिबार मात्रै ९५ जनाको कोरोना परीक्षण गर्दा ३५ जनालाई संक्रमण पुष्टि भएको थियो । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनको संख्या १ सय १८ रहेको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    गण्डकी प्रदेशभर आइतबार ३ सय ८० जनालााई कोरोना पुष्टि भयो । १ हजार ६४ जनाको पिसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । यो संगै गण्डकीमा संक्रमितको संख्या ७५ हजार ६ सय ८६ पुगेको छ । हालसम्म २ लाख ९१ हजार ७९ जनाको कोरोना परीक्षण गरिएको हो ।

    आइतबार मात्रै यहाँका ३ सय ३२ जना संक्रमित निको भएका छन् । अहिलेसम्म प्रदेशका ६८ हजार ३ सय ५६ जना निको भए । प्रदेशभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ३८ पुगेको छ ।
    आईतबार कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने उच्च देखिएको छ ।

    गण्डकीका १२ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नवलपुरका ५ जना, स्याङजाका ४ र कास्कीका ३ जना संक्रमितको मृत्यु भएको हो । योसंगै प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ९२ पुगेको छ ।