दमौली : व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन गरिएको छ । आइतबार आयोजित अभिभावक भेलाबाट उषा क्षेत्रीको अध्यक्षतामा समिति गठन गरिएको हो ।
समितिको सदस्यमा अभिभावकको तर्फबाट परशुराम गिरी, गीता श्रेष्ठ, प्रतिमा बोटे, वडाको तर्फबाट वडा सदस्य लक्ष्मी विक, समितिबाट मनोनित पार्वती गिरी, प्रेम पुन, शिक्षक प्रतिनिधि अनितादेवी घिमिरे र सदस्य सचिवमा प्रधानाध्यापक हेम पौडेल चयन भएका छन् ।
त्यस्तै नरबहादुर आलेको अध्यक्षतामा शिक्षक अभिभावक सङ्घ गठन गरिएको छ । समितिको सदस्यहरुमा बसन्ती आले, झलीमाया बोटे, चनीमाया थापा, विष्णुमाया थापा, जुना थापा, शिक्षक प्रतिनिधि शम्भुलाल थापा सदस्य रहेका छन् भने सदस्य सचिवमा प्रधानाध्यापक हेम पौडेल रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै वडाध्यक्ष मोहनकुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको प्रयास आवश्यक रहेकामा जोड दिए ।