बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि आवेदन दिन सकिने, क-कसले दिने आवेदन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि आवेदन दिन सकिने, क-कसले दिने आवेदन ?

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७८, सोमबार

    काठमाडौ : आज साउन ३२ गते देखि बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका  आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । 

    कम्पनीले निष्काशन अनुमति पाएको १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको गर्न लागेको हो ।

    आवेदनकर्ताले छिटोमा भदौ १४ गतेसम्ममा र ढिलोमा भदौ २९ गते सम्ममा कम्पनीको आईपिओमा आवेदन दिइसक्नसपर्ने छ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।