दमौली : तनहुँमा गएराति घरको छतबाट खसेर नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
छतबाट खसेर घाइते थापाको दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । मृतक थापा खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा कार्यरत थिए । “घटनाबारे थप अनुसन्धान हुँदैछ,” उनले भने ।