तनहुँ : विभाजनको डिलमा पुगेको नेकपा एमाले माधव नेपाल समूहले तनहुँमा समानान्तर गतिविधिलाई तीव्रता दिएको हो । उक्त समूहले जिल्लामा विभिन्न भातृ सङ्गठनको भेला गराई कमिटी गठन गरेको छ ।
यसैक्रममा आइतबार युवा सङ्घको भेला आयोजना गरी जीवन भट्टराईको अध्यक्षतमा कमिटी गठन गरिएको छ । उक्त भेलामा नेपाल समूहका नेताहरु पिएल श्रेष्ठ, शङ्करनारायण श्रेष्ठ, श्रीराम कार्की लगायतले सम्बोधन गरेका थिए ।
यसैगरी नेपाल समूहले केही दिन अघि मात्रै सुमन श्रेष्ठको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ ।