दमौली : शुक्लागण्डकी नगरपालिका-५ निवासी ९ महिने बालक मोहम्मद उस्मान अलीको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । विश्वकै दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोगबाट ग्रसित उस्मानको उपचारका लागि सोमबार १८ हजार सहयोग प्राप्त भएको छ ।
दमौली घर भई हाल अस्ट्रेलिया बस्दै आएका विकेन्द्र सापकोटा र एलिसा खड्की लगायत व्यास-२ निवासी सन्तोष श्रेष्ठ, माया रावल अधिकारी, सुमन श्रेष्ठ, जीवन घिमिरे लगायतबाट उक्त रकम प्राप्त भएको उस्मान बचाउ अभियानका दमौली संयोजर महम्मद गफ्फार सुदिपले बताए ।
उपचारका लागि धेरै खर्च लाग्ने भएकाले सबैसँग सहयोगको याचना गरिएको उनले बताए ।