दुलेगाैडा : आज साउनको अन्तिम सोमबार । भगवान शिवको पूजा आराधना गरि मनाइयाे । हिन्दू धर्मालम्वीले भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी सोमबारे व्रत समापन गरिएकाे छ ।
सोमबार शिवको पूजा आराधना गर्न तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मिनी मुक्तिनाथकाे परिचय बनाएको शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा कोरोना भाईरसको संक्रमण भुलेर भक्तजन ओईरिए । मुखमा मास्क पहिरिएका हजारौँ भक्तजनले यहाँको १ सय ८ शिवलिंगलमा जलार्पण गरे । १ सय ८ धारामा स्नान गर्नेहरुको घुइँचाे थियो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको बेला मठमन्दिरमा नित्य पूजा मात्र गर्न भनेको छ । तर, कोरोनाको जोखिम भुलेर प्रशासनको आदेश लत्याउँदै भगवान शिवप्रति आस्थावान भक्तजनहरु मन्दिरसम्म पुगे । हेर्नुस् तस्वीरमा :