आजबाट खाद्यान्न ५–१०, अन्य व्यवसाय ११–६ खुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आजबाट खाद्यान्न ५–१०, अन्य व्यवसाय ११–६ खुल्ने

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७८, मंगलवार

    तनहुँ : तनहुँमा आजदेखि पसल खुल्ने समय परिवर्तन भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आजदेखि लागु हुने गरी भदौ ७ गतेसम्म यसअघि जारी भएको समय परिवर्तन गर्दै नयाँ समय निर्धारण गरेको छ ।

    तरकारी, फलफूल तथा खाद्यान्न बिहान ५ देखि १० बजेसम्म खुल्नेछन् । त्यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्ने भएको छ । यसअघि ती व्यवसाय बिहान ७ देखि साँझ ४ बजेसम्म खुल्दै आएका थिए ।

    सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, सैलुन सेवा, व्युटीपार्लर, जिमखाना, स्विमिङ पुल, फुटसल सभा, आमसभा, जुलुस, हाटबजार, साइकल र मोटरसाइकलमा गरिने व्यापार, रङ्गशालामा हुने दर्शक सहितको खेलकुद, तालिम, सेमिनार लगायतका कार्य भने पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले भदौ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा मात्र गर्न भने छुट दिइएको छ । सामाजिक र सांस्कृतिक कार्यहरु विवाह, ब्रतबन्ध लगायतमा १५ जना भन्दा बढी सहभागी नहुने र सहभागीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी स्वीकृति लिएर सञ्चालन गर्न अनुमति दिइएको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।