दमौली : व्यास नगरपालिका–५ बेनीपाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा बाल क्लव, विज्ञान क्लब र जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । मंगलबार विद्यालयमा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्दै क्लब गठन गरिएको विद्यालयले जनाएको छ ।
सानुमाया थापाको अध्यक्षतमा ९ सदस्यीय बाल क्लव गठन गरिएको छ । उपाध्यक्षमा सजिना आले, सचिवमा गोमाया थापा, सहसचिवमा बिष्णुमाया थापा, कोषाध्यक्षमा मनिषा थापा चयन भईन् । सदस्यमा प्रशान्त थापा, मुना बोटे, विना बोटे, थमनसिं थापा रहेका छन् ।
क्लबको संरक्षकमा विद्यालयका प्रधानध्यापक हेम पौडेल, संयोजक शिक्षकमा डोलमाया रानाभाट, सहसंयोजक शिक्षकमा रुपा श्रेष्ठ रहेका छन् ।
अस्मिता श्रेष्ठ अध्यक्ष रहने गरी ९ सदस्यीय विज्ञान क्लब पनि गठन गरिएको छ । उपाध्यक्षमा मेखबहादुर रोका मगर, सचिवमा सुनिल आले, सहसचिवमा मिलन रोका मगर, कोषाध्यक्षमा उर्मिला बोटे चुनिए । सदस्यमा आदित्य राना, रोशन बोटे, अनिल परियार, नानुमाया थापा रहेका छन् । क्लब संरक्षक प्रधानध्यापक हेम पौडेल, संयोजक शिक्षक समिक्षा थापा, सहसंयोजक शिक्षक प्रमिला आले हुन् ।
यस्तै, जुनियर रेडक्रस सर्कलको अध्यक्षमा अविन श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा रविना थापा, सचिवमा सलिना आले, सहसचिवमा सिता थापा, कोषाध्यक्षमा मनिषा बोटे चयन भए । ९ सदस्य रहेको यो समितिमा साजन श्रेष्ठ, महेन्द्र थापा, बर्षा आले, ईभान गुरुङ सदस्य छन् । समितिको संरक्षकमा प्रधानध्यापक हेम पौडेल संयोजक शिक्षक मञ्जु खनाल र सहसंयोजक शिक्षकमा सोनिया अधिकारी चुनिए ।
यस्तै विद्यालय लिडरमा छात्रातर्फ सुनमाया थापा र छात्रतर्फ सुनिल आले चयन भएको विद्यालयले जनाएको छ । विद्यालयमा गठित क्लबले बालबालिका र शिक्षकशिक्षिकाको क्षमता र प्रतिभा प्रस्फुटित गराउने प्रअ पौडेलले बताए ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।