दमौलीको फोहर उठाउन व्यासलाई युवा सङ्घको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीको फोहर उठाउन व्यासलाई युवा सङ्घको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७८, मंगलवार

    दमाैली : सदरमुकाम दमौली क्षेत्रमा विगत एक सातादेखि फोहर नउठ्दा बजार क्षेत्र दुर्गन्धित भएको भन्दै राष्ट्रिय युवा सङ्घ व्यास नगर कमिटीले व्यास नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगर कमिटीका संयोजक कृष्णकुमार श्रेष्ठ र सहसंयोजक अजित पन्थले मङ्गलबार नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै जतिसक्दो चाँडो फोहरमैला व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका हुन् ।

    लामो समयदेखि बजारभित्र फोहर थुपारेर नगरपालिकाले चरम लापरवाही गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । लामो समयसम्म फोहर नउठाएर नगरपालिकाले दमौलीवासीको स्वास्थ्यमा समेत खेलबाड गरेको नगर कमिटीका सहसंयोजक पन्थले बताए । “जनताले आफै डम्पिङको व्यवस्था गर्ने हो भने नगरपालिकाको काम र जनताले चुनेर पठाएको जनप्रतिनिधिको काम के हो ?” उनले प्रश्न गरे, “अविलम्ब बजारभित्र थुपारिएको फोहर व्यवस्थापन गर्न नगरप्रमुखको ध्यानाकर्षण गराएका छौ ।”

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।