काठमाडौ : नेपाली काङग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अध्यादेश ल्याउने सरकारको कार्यको विरोध गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मङ्गलबार माधव नेपाल समूहलाई सहज हुने गरी अध्यादेश जारी गरेपछि युवा नेता पौडेलले उक्त कदमको विरोध गरेका हुन् ।
पौडेलले ट्विटरमा लेखेका छन्, “हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौं । आज संसद अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन ।असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।”