


दमौली : शेरबहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले विभाजन गर्ने उद्धेश्य सहित राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि एमालेले १४ सांसद पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको छ ।
एमालेको कारवाहीमा पर्नेमा तनहुँकी समानुपातिक सांसद कलिला खान समेत छिन् । माधव नेपाल निकट उनी सांसद पद गएपनि केही फरक नपर्ने बताउँदै आएकी थिइन् ।
लामो समय अध्यक्ष केपी ओली निकट रहेर केही समय अगाडी मात्रै माधव नेपाल क्याम्पमा लागेका तनहुँका निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ भने एमालेको कारवाहीबाट जोगिएका छन् । श्रेष्ठले शेरबहादुर देउवालाई विश्वासको मत समेत दिएका थिए ।