नौविसे-नागढुङ्गा सडकखण्ड पहिरोका कारण अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नौविसे-नागढुङ्गा सडकखण्ड पहिरोका कारण अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७८, बुधबार

    धादिङ : त्रिभुवन राजपथको नौविसे नागढुङ्गा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । निर्माणधीन अवस्थामा रहेको नागढुङ्गा सिस्ने खोलामा रहेको सुरुङ्ग मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोले सो सडक अबरुद्ध भएको हो ।

    सडक अवरुद्ध भएका कारण राजधानी प्रवेशका लागी तराईलगाएत विभिन्न जिल्लाहरुबाट आएका सवारीका साधनहरु अलपत्र अवस्थामा रहेको छ । सडक खुलाउने प्रयास भई रहेको भएपनि पहिरो ठुलो भएकाले गर्दा खुलाउन नसकिएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।