आँबुखैरेनीबाट एक किलो गाजा सहित दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीबाट एक किलो गाजा सहित दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७८, बुधबार

    आँबुखैरेनी : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट प्रहरीले एक किलो गाजा सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ बस्ने २२ वर्षीय विकास अधिकारी र निलकण्ठ नगरपालिका–१० बस्ने २० वर्षीय मनोज इटनी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उनीहरुबाट गाजा बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको छ ।