दुलेगौडा : ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट ग्रसित ९ महिने मोहम्मद उस्मान अलीको उपचारमा सहयोग पुर्याउन क्यानडा निवासी घनश्याम ढकालले आर्थिक सहयोग गरेका छन् ।
शुक्लागण्डकी-५ निवासी उस्मान अलीको उपचारमा सघाउन ढकालले ५ हजार ३ सय ७२ सहयोग गरेका हुन् । उक्त रकम ढकालका साथी खैरेनीटार निवासी सुजित हिराचनले बुधबार बालकका हजुरबुबालाई हस्तान्तरण गरेका छन् ।
बालकको उपचारका लागि महङ्गो खर्च लाग्ने भएकाले पीडित परिवारले सहयोगको अपिल गरिरहेको छ ।