मस्र्याङ्दीमा आएको बाढीले तुरतुरेको पुल बगायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मस्र्याङ्दीमा आएको बाढीले तुरतुरेको पुल बगायो

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७८, बुधबार

    तनहुँ : मङ्गलबार राति परेको वर्षाले मस्र्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएको हो ।

    व्यास नगरपालिकास्थित छाब्दीदोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उक्त बेलिब्रिज व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा जडानका लागि ल्याउने तयारी भइरहेको थियो ।

    “उक्त पुल फुकालेर व्यासमा ल्याउने तयारी भइरहेको थियो, केही सामग्री ल्याइसकिएको छ, बाँकी रहेका पुलका सामग्री नदीले बगायो,” तिमिल्सिनाले भने । गत असार १७ गते आएको बाढीले छाब्दीखोलामा पुल बगाएपछि बेलिब्रिज जडान गर्न काम अगाडि बढाइएको छ तर मस्र्याङ्दी नदीले पुलका सामग्री बगाएपछि काम प्रभावित हुने भएको छ ।