अध्यादेशको विरोधमा दमौलीमा युवा सङ्घको विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अध्यादेशको विरोधमा दमौलीमा युवा सङ्घको विरोध

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७८, बुधबार

    दमौली : नेकपा एमाले विभाजन गर्ने उद्धेश्य सहित सरकारले ल्याएको अध्यादेशको विरोधमा राष्ट्रिय युवा सङ्घ तनहुँले दमौलीमा विरोध प्रदर्शन गरेको छ । देशव्यापी कार्यक्रम अनुसार युवा सङ्घले बुधबार दमौलीमा पनि विरोध प्रदर्शन गरेको हो ।

    प्रदर्शन पछि आयोजित कोणसभालाई नेकपा एमालेका सचिवालय सदस्य हरिराज कंडेल, युवा सङ्घका जिल्ला अध्यक्ष उज्वल खनाल, अनेरास्ववियुका अध्यक्ष नविन वाग्ले लगायतले सम्बोधन गरेका थिए ।