


तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप दुईको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र व्यासका दुईको मृत्यु भएको हो ।
शुक्लागण्डकी-७ का ५२ वर्षीय पुरुषको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा साउन ११ गते कोरोना पुष्टि भएको थियो ।
त्यस्तै व्यास नगरपालिका-७ का ७० वर्षीय पुरुषको बुधबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा साउन ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा तनहुँका ९७ जनाको परीक्षण गरिएकामा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये १२ महिला र १४ पुरुष छन् ।