तनहुँ : माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टीको केन्द्रीय सदस्यमा तनहुँबाट दुई जना समेटिएका छन् । नेकपा एमाले औपचारिक विभाजन भएर माधव नेपालको नेतृत्वको पार्टीले निर्वाचन आयोगमा बुधबार निवेदन पेश गरेको छ।
उक्त समितिमा तनहुँका प्रतापलाल श्रेष्ठ र रेखा थापा बस्याल समेटिएका हुन् । प्रतापलाल यसअगाडी पार्टीमा वैकल्पिक केन्द्रीय सदस्य थिए भने रेखा प्रदेश कमिटीमा थिइन् । उक्त पार्टीमा ९५ सदस्य रहनेछन् ।