तनहुँका पाँच स्थानीय तह कोरोनाको उच्च जोखिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका पाँच स्थानीय तह कोरोनाको उच्च जोखिममा

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७८, बिहीबार

    तनहुँ : तनहुँमा दैनिक रुपमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । निषेधाज्ञा जारी भएपनि सर्वसाधारणबाट लापरवाही बढेकाले कोरोना सङ्क्रमणको जोखिम बढिरहेको हो ।

    स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ३८ छ । वैशाख यता जिल्लाका चार हजार सात सय ८६ कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमध्ये चार हजार दुई सय ४५ निको भएका छन् ।

    दश स्थानीय तहमध्ये पाँच स्थानीय तह उच्च जोखिममा छन् भने पाँच स्थानीय तह मध्यम जोखिममा रहेको कार्यालयका प्रमुख शङ्कर बाबु अधिकारीले जानकारी दिए । उनका अनुसार भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका कोरोनाको उच्च जोखिममा छ । घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका मध्यम जोखिममा छन् ।

    भानु नगरपालिकाका तीन सय १७, व्यास नगरपालिकाका एक हजार छ सय छ, शुक्लागण्डकी नगरपालिकाका एक हजार दुई सय ७२, भिमाद नगरपालिकाका चार सय ९०, म्याग्दे गाउँपालिकाका चार सय ३९, घिरिङ गाउँपालिकाका एक सय ३४, ऋषिङ गाउँपालिकाका ८३, देवघाट गाउँपालिकाका ७८, बन्दिपुर गाउँपालिकाका दुई सय ५८ र आँबुखैरेनी गाउँपालिकाका एक सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यसमध्ये भानुमा दुई सय ५७ निको भई ५३, व्यासमा एक हजार तीन सय ९१ निको भई एक सय ८९, शुक्लागण्डकीमा एक हजार एक सय २५ निको भई एक सय ६, भिमादमा चार सय ५१ निको भई २५, म्याग्देमा तीन सय ९५ निको भई ३८ सक्रिय सङ्क्रमित छन् । घिरिङमा एक सय २६ निको भई चार, ऋषिङमा ७९ निको भई चार, देवघाटमा ७२ निको भई ५२, बन्दिपुरमा दुई सय ५२ निको भई तीन र आँबुखैरेनमिा ९७ निको भई ११ सक्रिय सङ्क्रमित छन् ।

    जिल्लामा यस अवधिमा छ हजार एक सय पाँच जनाको पिसिआर र छ हजार छ सय एक जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमण हुने दर भानु नगरपालिकामा बढी छ । उक्त नगरपालिकामा कूल परीक्षणको ५५.८१ प्रतिशतमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेशनमा छन् ।

    एक सय तीनको मृत्यु

    जिल्लाका एक सय तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो तथ्याङ्क वैशाख १ गतेदेखि यताको हो । भानुका सात, व्यासका २६, शुक्लागण्डकीका ४१, भिमादका १४, म्याग्देका ६, घिरिङका चार, देवघाटका एक, बन्दिपुरका तीन र आँबुखैरेनीका एक जनाको मृत्यु भएको छ ।

    “निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणबाट स्वास्थ्य मापदण्ड अपनाएको देखिएको छैन,” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, “यसलाई कडा नगरिए स्थिति राम्रो हुँदैन ।” निषेधाज्ञा खुकुलो भएपनि कोरोना जोखिम नघटेकाले स्वास्थ्य मापदण्ड अपनाउन अधिकारीले आग्रह गरे ।