ब्राम्हण समाजले जनैपूर्णिमामा रक्षाबन्धन गरिदिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ब्राम्हण समाजले जनैपूर्णिमामा रक्षाबन्धन गरिदिने

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७८, बिहीबार

    तनहुँ : ब्राम्हण समाज नेपाल तनहुँले जनैपूर्णिमाको अवसरमा रक्षाबन्धन गरिदिने भएको छ । हिन्दु धर्मावलम्बीको महान पर्वका अवसरमा समाजले कार्यक्रमको आयोजना गरी रक्षाबन्धन गर्न लागेको हो ।

    बिहीबार पत्रकार सम्मलेन आयोजना गरी समाजले कार्यक्रमको बारेमा जानकारी गराएको छ । संस्कृति संरक्षणका साथै जातीय विभेद अन्त्यका लागि रक्षाबन्धन कार्यक्रम गर्न लागिएको अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए । व्यास-३ अनसनचोकमा बिहान ९ देखि १२ बजेसम्म कार्यक्रम आयोजना गरिनेछ ।

    समाजका सबै वर्ग र जातिलाई लक्षित गरी रक्षाबन्धन गर्न लागिएको समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले जानकारी दिए । “सनातन हिन्दु धर्मावलम्बीबीच समान व्यवहार र जातीय विभेद हटाउने ब्राम्हण समाजको मूल उद्धेश्य हो,” उनले भने, “सोही अभियान अन्तरगत कार्यक्रम गर्न लागेका हौ ।”

    समाजका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा. लक्ष्मीकान्त चापागाइँले कार्यक्रममा धेरैको सहभागिता हुने अपेक्षा गरिएको बताए ।