कोरोना सङ्क्रमण : भिमादका महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : भिमादका महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७८, बिहीबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–६ की ४२ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    उनको बुधबार गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । उनमा भदौ १ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    यसैगरी गण्डकी प्रदेशमा बिहीबार ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९० जनाको परीक्षण गरिएकामा १५ महिला र २३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।