तनहुँका कुमारमोहनलाई ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका कुमारमोहनलाई ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७८, बिहीबार

    पोखरा : पोखरा फोटोग्राफर संघद्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका फोटोग्राफर कुमारमोहन श्रेष्ठलाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमका बीच उक्त पुरस्कार घोषणा गरेको हो । गण्डकी प्रदेशभरीवाट आएका सिफारिशका आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई छानिएको पुरस्कार छनोट समिती संयोजक राममणि पौडेलले जानकारी दिए ।

    पुरस्कार राशि २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्र रहेको छ । पोखराका फोटोग्राफर गणेश छवि÷तिर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिँदैआएको छ । फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गरिने सो पुरस्कारबाट यसअघि पोखराका अग्रज फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजु , रमा राना र मदन सुब्वा सम्मानित भइसकेका छन् ।

    पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने छ । श्रेष्ठ बिगत ५० वर्ष देखी फोटोग्राफी पेशामा लागीरही हाल सम्म पनि सम्झना फोटो दमौली संचालन गरिरहेका छन् । यति लामो इतिहास बोकेका फोटोग्राफरलाई पुरस्कारकालागि छनोट गर्न पाउदा फोटोग्राफरहरुको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गा प्रसाद पौडेलले बताए ।