पोखरा : अवैध रुपमा चन्दा सङ्कलन गरेको अभियोगमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-२६ बिजयपुर स्थितमा रहेको न्यु हाईवे स्टाफ होटेल एण्ड लजमा कोठा भाडामा बस्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ बस्ने वर्ष ३४ की एलिजा बस्नेत, वर्ष ३२ को टेक बहादुर बस्नेत र झापाकै हल्दोबारी गाँउपालिका-१ बस्ने वर्ष ४४ को धन बहादुर सेन्चुरी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले युविक स्वयंसेवक नेपाल नामक संस्थाको नामबाट अबैध रुपमा चन्दा संकलन गरेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोलीले नगद चार लाख ६ हजार चार सय ६ सहित पक्राउ गरेको छ ।