आफ्नै पार्टीको सरकार हुँदा पनि सरकारको अनुभूति गर्न पाएनौ : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आफ्नै पार्टीको सरकार हुँदा पनि सरकारको अनुभूति गर्न पाएनौ : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७८, शनिबार

    तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ्नै पार्टीको सरकार हुँदा पनि सरकारको अनुभूति गर्न नपाएको बताएका छन् । माधव नेपाल निकट तनहुँका नेता तथा कार्यकर्तासँग शनिबार आफ्नै निवासमा आयोजित छलफलमा सांसद श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

    “साढे तीन वर्ष कहिले नेकपा, कहिले एमालेको मात्रै पनि सरकार चलायौ, तर दुखका साथ भन्नुपर्छ सरकारको जस्तो अनुभूति भएन,” उनले भने, “तनहुँका सक्षम साथीहरुलाई केही गर्न सकेनौ ।”

    सांसद श्रेष्ठले अब नेकपा एमालेलाई गाली गर्न नहुने बरु नेकपा एकीकृत समाजवादी ठिक छ भनेर जनतामाझ जानुपर्ने बताए । “विगतका कुराहरु बिर्सौ, कसैलाई गाली नगरौ, हाम्रो लाइन ठिक छ भनेर जनतामाझ जाने हो,” सांसद श्रेष्ठले भने ।

    आफू सधैँ तनहुँको विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले माधव नेपालको समर्थनमा बनेको वर्तमान सरकारले जनताको अपेक्षा पूरा गर्ने दावी गरे ।