दमाैली : तनहुँको व्यास नगरपालिका–३ निवासी मोहन बतासले भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कूलमा नृत्य सिक्ने विद्यार्थीलाई प्रति महिना पाँच सय सहयोग गर्ने घोषणा गरेका छन् । स्कूलमा नृत्य सिक्न आउने विद्यार्थीमध्ये मिहिनेती र अनुशासित विद्यार्थीलाई बतासले प्रत्येक महिना एक÷एक जनालाई मासिक पाँच सयका दरले सहयोग गर्ने घोषणा गरेका हुन् ।
उक्त सहयोग १८ महिनासम्म निरन्तर रहनेछ । आर्थिक अभावका कारण नृत्य सिक्नबाट वञ्चित नहुन् भन्ने उद्देश्यका साथ उनले उक्त घोषणा गरेका हुन् ।
स्कूलका प्रशिक्षक सर्जन थापा मगरले मानिसका लागि नृत्य अति आवश्यक रहेकाले श्रेष्ठको घोषणाले विद्यार्थीलाई सहयोग पुग्ने बताए । “जसरी बाँच्नका लागि खानाको महत्व छ नृत्य पनि त्यतिै नै महत्वपूर्ण छ, सरकारको माथिल्लो निकायले पनि यसतर्फ ध्यान दिनुपर्छ,” उनले भने । यसअघि पनि बतासले भिक्टोरिया डान्स स्कूलमा एक लाखको अक्षयकोष स्थापना गरिसकेका छन् ।