तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्देकी एक महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
म्याग्दे-२ की ७६ वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा शुक्रबार मृत्यु भएको शनिबार जारी विज्ञप्तीमा उल्लेख छ । उनमा साउन ३२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
२३ सङ्क्रमित थपिए
यसैगरी शनिबार तनहुँमा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ९ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८२ जनाको परीक्षण गरिएको थियो ।