२ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७८, शनिबार

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन्। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ।

    कुल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टिजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस अवधिमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ। आज देशका विभिन्न आइसीयूमा ७१८ र भेन्टिलेटरमा १६६ जना उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ। नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ।