तनहुँ : पब्जी खेलाडी सन्जन गौतमले स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित तनहुँका ९ महिने बालकका लागि डेढ लाख जुटाएका छन् । शुक्लागण्डकी नगरपालिका-५ का मोहम्मद उस्मान अलीको उपचारमा सघाउन गौतम र उनको समूहले एक लाख ५० हजार जुटाएको हो।
निकै महङ्गो उपचार लाग्ने भएकाले बालकको परिवारले सहयोगको अपिल गरेको छ । परिवारले जनाए अनुसार यो रोगको उपचारका लागि २६ करोड भन्दा बढी रकम आवश्यक पर्छ ।
बालकको उपचारका लागि तनहुँ र देश तथा विदेशमा पनि रकम सङ्कल अभियान सञ्चालन भइरहेको छ ।