तनहुँमा निषेधाज्ञाको मोडालिटी छलफल गर्न बैठक बस्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा निषेधाज्ञाको मोडालिटी छलफल गर्न बैठक बस्दै

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७८, सोमबार

    तनहुँ : जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज (सोमबार) राति १२ बजेदेखि सकिदैछ । जिल्लामा कोरोना सङ्क्रमण बढिरहेको र कोरोना सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या पनि बढ्दो अवस्थामा छ ।

    निषेधाज्ञा जारी भएपनि फितलो कार्यान्वयनका कारण जिल्लामा निषेधाज्ञाको आभाष भएको छैन । जनप्रतिनिधि नै निषेधाज्ञा उल्लङ्घन गर्न एक कदम अगाडी देखिएका छन् । जसकारण जिल्लामा कोरोना जोखिम झनै बढेको छ । “तनहुँमा यस्तो खाले निषेधाज्ञा गर्नु भन्दा निषेधाज्ञा नै हटाइदिए हुन्छ,” दमौलीका एक व्यवसायीले भने, “जिल्लामा निषेधाज्ञाको भान भएको छैन ।” खाद्यान्न तथा अत्यावश्यक पसल बिहान ५ बजेदेखि १० बजेसम्म र अन्य व्यवसाय ११ देखि ६ बजेसम्म सञ्चालन भइरहेको छ ।

    रातिदेखि निषेधाज्ञा सकिने भएपछि जिल्ला कोभिड व्यवस्थापन समितिको आज दिउँसो ३ बजे प्रशासन कार्यालयमा बस्दैछ । बैठकमा कोभिड व्यवस्थापन समितिका सदस्य र सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहभागी हुनेछन् । बैठकले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरी प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गर्नेछ ।