मानुषीको आइपीओ बॉडफॉड, यसरी हेर्नुस् नतिजा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    मानुषीको आइपीओ बॉडफॉड, यसरी हेर्नुस् नतिजा

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, सोमबार

    काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ  बाँडफाँट भएको छ। 

    बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। यसमा गोलाप्रथामार्फत् कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन्। जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन्। 

    मानुषीको आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ। रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। ​

    मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ।