एमालेले बोलायो स्थायी कमिटी बैठक, एकता पक्षधर नेताहरु पनि सहभागी हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले बोलायो स्थायी कमिटी बैठक, एकता पक्षधर नेताहरु पनि सहभागी हुने

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७८, सोमबार

    काठमाडौं : नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

    छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनका अनुसार भोलिको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ । (अनलाइन खबरबाट)