दमौली : भेरोसेलको पहिलो मात्रा खोप लगाएका व्यासका नागरिकले दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् । भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई व्यास नगरपालिकाले भदौ ९ र १० गते दोस्रो मात्रा दिन लागेको हो ।
व्यास नगरपालिकाको सभाहलमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । गत साउन ११, १२ र १३ गते पहिलो मात्रा लगाएका र पहिलो मात्रा लगाएर छुट भएकालाई पनि एकैसाथ दोस्रो मात्रा दिइने उनले बताए । व्यासमा पहिलो मात्रा लगाएका आठ सय र पहिलो लगाएर दोस्रो लगाउन छुट भएका पॉच सय जना रहेको सोतीले जानकारी दिए । “दोस्रो लगाउन छुट भएका कतिपयले अन्यत्रै गएर पनि लगाइसकेको अवस्था छ,” उनले भने ।