भदौ १५ सम्म अहिलेकै लकडाउन निरन्तरता, जोखिमका आधारमा अब स्मार्ट लकडाउन हुने (कार्यविधि सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भदौ १५ सम्म अहिलेकै लकडाउन निरन्तरता, जोखिमका आधारमा अब स्मार्ट लकडाउन हुने (कार्यविधि सहित)

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, सोमबार

    तनहुँ : तनहुँमा भदौ १५ गतेसम्म अहिलेकै लकडाउनले निरन्तरता पाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि अन्त्य हुने निषेधाज्ञालाई १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

    साेमबार बसेको बैठकले साविककै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार यसअगाडी बिहान ५ देखि १० बजेसम्म खुल्दै आएका खाद्यान्न तथा तरकारी पसल अब बिहान ५ देखि ११ बजेसम्म खुल्नेछन् । त्यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्दै आएकामा अब १२ बजेदेखि ६ बजेसम्म खुल्ने निर्णय भएको छ ।

    सार्वजनिक तथा निजी सवार साधनलाई जोर बिजोर लागु गरिएको छ । जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछ । जिल्लामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सवारी सञ्चालनको अनुमति दिइएको छ ।

    प्रशासन कार्यालयले अब जिल्लामा स्मार्ट लकडाउनको तयारी गरेको छ । स्थानीय तहमा कोभिड सङ्क्रमणको जोखिमलाई हेरेर स्थानीय तहको सिफारिस बमोजिम स्मार्ट लकडाउन गरिने बरालले बताए । “अहिले सबै ठाउँबाट तथ्याङ्क नआएकाले साविककै लकडाउनलाई निरन्तरता दिइएको छ, बीचमा स्थानीय तहले सिफारिस गरे सोही अनुसार निर्णय हुन्छ,” बरालले भने ।

    सरकारले गत साउन १५ गते जारी गरेर भदौ १ गतेदेखि लागु हुने गरी स्मार्ट लकडाउन कार्यविधि लागु गरेको छ । सङ्क्रमण, मृत्यु, अस्पतालको पूर्वाधार, जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको अवस्थालाई हेरेर कार्यविधिमा चार रङमा विभाजन गरिएको छ । जसमा रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गर्ने कार्यविधिमा उल्लेख छ ।

    सङ्क्रमितको सङ्ख्या ६५ प्रतिशतभन्दा माथि भए रेड जोन, ३१ देखि ६५ प्रतिशत भए एम्बर, १६ देखि ३० प्रतिशतमा भए पहेंलो सङ्केतमा सफ्ट लकडाउन, १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात मिनिमल लकडाउनको नियम ल्याइएको छ ।

    तनहुँमा सोमबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ३३ रहेको छ । गत वैशाख यता तनहुँका चार हजार ९ सय पाँच जनामा सङ्क्रमण भएको छ भने चार हजार चार सय ६६ जना निको भएका छन् । त्यस्तै एक सय ६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

    स्मार्ट लकडाउन कार्यविधि

    smart-lockdown

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।