एमालेको बहिष्कारका बाबजुत लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेको बहिष्कारका बाबजुत लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७८, सोमबार

    रुपन्देही : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् ।

    सोमबार प्रदेशसभामा विश्वासको मत लिँदा केसीका पक्षमा ४२ सांसदले मत दिए। सभामुखसहित ४३ जना उपस्थित बैठकमा १ जना तटस्थ बसे ।

    एमालेले सभा बहष्कार गरेका कारण विपक्षमा भने शून्य मतदान भयो । ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत चाहिन्छ ।

    केसीलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र जसपाका सांसदले मत दिए । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका केसीले आधा कार्यकालपछि सत्ता नेपाली कांग्रेसलाई सुम्पने सहमति गरेका छन्।