उस्मान अलीको उपचारका लागि टिम नेपोको आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उस्मान अलीको उपचारका लागि टिम नेपोको आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, सोमबार

    दमाैली : स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित शुक्लागण्डकी नगरपालिका–५ का ९ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सघाउन टिम नेपो तनहुँले आर्थिक सहयोग गरेको छ ।

    टिम नेपो तनहुँले उस्मान अलीको उपचारका लागि ६ हजार तीन सय आर्थिक सहयोग गरेको छ । टिम नेपोका अध्यक्ष मिन कुंवरले उक्त रकम सोमबार उस्मान अली बचाउ अभियान दमौलीका संयोजक मोहम्मद गफ्फार (सुदीप) लाई हस्तान्तरण गरेका छन् । टिम नेपो तनहुँका सदस्यहरुबाट उक्त रकम सङ्कलन गरिएको संस्थाका प्रचारक अप्सरा लामा साहले जानकारी दिइन् ।