व्यासमा विद्यार्थी, व्यवसायी र छुटेका सहित ९४१ लाई एष्ट्राजेनेका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा विद्यार्थी, व्यवसायी र छुटेका सहित ९४१ लाई एष्ट्राजेनेका

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७८, सोमबार

    दमाैली : व्यास नगरपालिकामा सोमबार ९ सय ४१ जनालाई कोभिड विरुद्धको एष्ट्राजेनेका खोप लगाइएको छ । कक्षा १२ को परीक्षा दिने विद्यार्थी, व्यवसायी र पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुट भएका ज्येष्ठ नागरिक सहित ९ सय ४१ जनालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

    विद्यार्थीलाई प्रवेशपत्र र व्यवसायीलाई उद्योग वाणिज्य सङ्घको सिफारिसमा खोप लगाइएको छ । सोतीका अनुसार १८ वर्ष पूरा भएका १२ कक्षाका ५ सय ८८ विद्यार्थी, २ सय ९८ व्यवसायी र पहिलो मात्रा कोभिशिल्ड लगाएका ५५ ज्येष्ठ नागरिकलाई एष्ट्राजेनेका खोप लगाइएको छ । खोपको मात्रा हेरेर मङ्गलबार पनि खोप अभियान सञ्चालन हुनेछ ।